उपत्यकामा शान्तपुर्णरुपमा मतदान ,मतपेटिका सङ्कलनको काम जारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उपत्यकामा शान्तपुर्णरुपमा मतदान ,मतपेटिका सङ्कलनको काम जारी


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँमा उपत्यकामा शान्तपुर्णरुपमा मतदान भएको छ।

साँझ ५ बजेबाट मतदानको समय सकिएपछि अहिले मतपेटिका सङ्कलनको काम जारी रहेको छ ।

काठमाडौँ महानगरपालिकासहित ११ वटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान भएको, र अहिले छिटपुटबाहेक सबै मतदान केन्द्रहरुमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।

आयोगले बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । तर, केही मतदान केन्द्रमा साँझ ५ बजेपछि पनि मतदाताको लाइन रहेपछि ती ठाउँमा मतदान भइरहेको छ ।

निर्वाचन अधिकारी भट्टराईले मतदान भइसकेका ठाउँबाट मतपेटिकाहरु सङ्कलन भइरहेको जानकारी दिए ।

त्यस्तै, भक्तपुरमा पनि शान्तिपूर्ण रुपमा मतदान सकिएको छ ।

जिल्ला निर्वाचन अधिकारी नरेन्द्रप्रसाद न्यौपानेले मतपेटिका सङ्कलन गरेपछि शुक्रबार बेलुका ९ बजेबाट मतगणना गर्ने तयारी भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस