गोरखाको भीमसेन थापा गाउँपालिकामा गोली चल्यो, एक स्वयंसेविका घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोरखाको भीमसेन थापा गाउँपालिकामा गोली चल्यो, एक स्वयंसेविका घाइते


३० बैशाख २०७९, शुक्रबार


गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी हुन् ।

उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए ।

गोरखाका एसपी केदार खनालले भने, ‘ माओवादी र काँग्रेस कार्यकर्ताहरु हानाहान गर्दै मतपेटिका राखेको कोठामै छिरे । झडपलाई नियन्त्रणमा लिन फायर खोल्दा थापाको खुट्टामा गोली लाग्न पुग्दा उनी घाइते भएका हुन् ।’ मतपेटिका भने सुरक्षित रहेको सहायक निर्वाचन अधिकृत अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस