रौतहटको बौधीमाईमा एमाले र जसपाबिच झडप, मतपेटिकामा आगजनी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रौतहटको बौधीमाईमा एमाले र जसपाबिच झडप, मतपेटिकामा आगजनी


३० बैशाख २०७९, शुक्रबार


रौतहट । रौतहटको बौधीमाई नगरपालिकामा मतपेटिकामा आगजनी भएको छ ।

बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो ।

झडप र आगजनीपछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ ।

त्यस्तै वडा नम्बर ९ मा समेत विवाद भई मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस