आज साँझ ८ बजेदेखि २० प्रतिशत स्थानीय तहको मतगणना सुरु हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज साँझ ८ बजेदेखि २० प्रतिशत स्थानीय तहको मतगणना सुरु हुने


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले आज (शुक्रबार) साँझ ८ बजेदेखि २० प्रतिशत स्थानीय तहको मतगणना सुरु गर्ने जनाएको छ ।

नजिकै मतगणना स्थल भएका २० प्रतिशत स्थानीय तहको मतगणना आजै साँझ ८ बजेदेखि सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका हुन् ।

उनका अनुसार भोलि दिउसो २ बजेसम्म सबै स्थानीय तहको मतपत्र मतगणना स्थलसम्म पुर्‍याइ सकिनेछ ।

सबै स्थानीय तहको पाँच दिनमा मतगणना कार्य सम्पन्न गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

वैशाख तीन गतेको निर्वाचनको मतगणना पनि यसै बिचमा सुरु हुने भएकाले एक दुई दिन थप हुनसक्ने आयोगले अनुमान गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस