२७ प्रतिशत मत खस्यो : निर्वाचन आयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२७ प्रतिशत मत खस्यो : निर्वाचन आयोग


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ। स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान भइरहेको छ । बिहान ७ बजेदेखि देशभर मतदान भइरहेको हो ।

बिहान करिब सवा ११ बजेसम्म २७ प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । “लगभग २७ प्रतिशत मत खसेको छ,” उनले भने ।

बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन् ।

मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस