कोहलपुरमा वाईसीएलका नेतामाथि खुकुरी प्रहार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोहलपुरमा वाईसीएलका नेतामाथि खुकुरी प्रहार


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल)का एक नेतामाथि खुकुरी प्रहार भएको छ ।

कोहलपुर नगरपालिका १ कौशिल्यानगरमा धारिलो हतियार खुकुरी प्रहार हुँदा वाईसीएल नेता राजु शाही घाइते भएका हुन् । घाइते शाहीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न केही व्यक्तलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । घट्नमा संलग्न अन्यको पनि खोजी भइरहेको र घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस