दोलखाको वैत्यश्वरमा तनाव, प्रहरीद्वारा हवाई फायर, मतदान रोकियो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दोलखाको वैत्यश्वरमा तनाव, प्रहरीद्वारा हवाई फायर, मतदान रोकियो


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ। दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा मतदान स्थगित भएको छ । काँग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो ।

निर्वाचन अधिकृत वशिष्ट घिमिरेका अनुसार वडा नम्बर १ र ३ मा मतदान सुरु भएपछि स्थगित गरिएको हो । २ मा भने मतदान नै सुरु हुन सकेन । स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायरसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

गैरीमुदी, जनज्योति मावि र कालिढुंगा मावि मतदान केन्द्रमा बिहानैदेखि तनावपूर्ण रहेको छ ।

त्यहाँ थप सुरक्षाकर्मी झिकाइएको र समस्या समाधानका लागि छलफलको प्रयास भइरहेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

वैत्यश्वर काँग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस