परिवर्तनका लागि काठमाडौँका मतदाता उत्साहित छन् : बालेन शाह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परिवर्तनका लागि काठमाडौँका मतदाता उत्साहित छन् : बालेन शाह


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौँले खोजेको परिवर्तनको सपना आज साकार हुने बताएका छन् ।

काठमाडौँको वसन्तपुर मतदान केन्द्रमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बालेनले भने, ‘यसपालि मतदाताहरू साँच्चै खुसी छन् । परिवर्तन गर्न मतदाताहरू उत्साहित भएका छन् । आज ५ बजेपछि परिवर्तन आउँछ ।’

काठमाडौँको मेयरमा ५० जना उम्मेदवार छन् । बालेन स्वतन्त्र उम्मेदवार हुन् ।

मतदान स्थलको अवलोकनका क्रममा वसन्तपुर पुगेका उनले आफूलाई मात्र नभई सबै स्थानीय तहमा असल मान्छेहरूलाई मत दिन आग्रह गरेको सुनाए ।

बालेनले ११ बजे तिनकुनेस्थित अन्नपूर्ण विद्यालयबाट मतदान गर्दैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस