भयरहित वातावरणमा निर्वाचन गर्न मानवअधिकार आयोगको अपिल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भयरहित वातावरणमा निर्वाचन गर्न मानवअधिकार आयोगको अपिल


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराई नागरिकको अधिकारको पूर्ण सम्मान र संरक्षणका लागि सरोकारवाला निकायसँग अपिल गरेको छ ।

आज (बिहीबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनलाई विश्वसनीय बनाउन मतदातालाई निर्भयतापूर्वक मतदान गर्ने वातावरण निर्माण गर्नु आवश्यक भएकाले निर्वाचनमा सबै पक्षको सहभागिताको सुनिश्चितता गराउन पनि आयोगले आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तप बहादुर मगरले निर्वाचन आयोगबाट जारी भएको आचारसंहिताको पूर्ण रूपमा कार्यान्वयन गराउन, दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी लगायतलाई मतदान केन्द्रमा सहज पहुँचको व्यवस्था गर्न निर्वाचन आयोगसँग अनुरोध गरे ।

उनले निर्वाचन पर्यवेक्षकहरूले आफ्नो सीमाभित्र रहेर तटस्थ रूपमा निर्वाचनको पर्यवेक्षण गर्न र कुनै दबाब र प्रभावमा नपरी निर्भीकताका साथ आफूले उपयुक्त ठानेको सक्षम जनप्रतिनिधि छनौट गर्न पनि मतदाताहरूसँग आग्रह गरे ।

आयोगले स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले नै आचारसंहिताको उल्लङ्घन गरेको पाइएको पनि जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस