अत्तरियाबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अत्तरियाबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टका अनुसार दुर्घटनामा करिब २४–२५ जना घाइते भएका छन् । ‘उनीहरूमध्ये ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ । अरूलाई पनि ल्याइँदै छ,’ प्रमुख जिल्ला अधिकारी विष्टले प्रशासन डटकमसँग भने, गाडी मल्लो मोडबाट करिब ५०–६० मिटर तल तल्लो मोडमा खसेको छ, घाईतहरुको उद्धारको काम भइरहेको छ, ।’

उनका अनुसार अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस