आजको मौसम : यी पाँच वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : यी पाँच वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । पाँच वटा प्रदेशमा आज पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो प्रदेश-१ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश-१ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस