पाँच वर्ष खेर फालेकाले ओली अभियुक्त भएको थापाको टिप्पणी « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

पाँच वर्ष खेर फालेकाले ओली अभियुक्त भएको थापाको टिप्पणी


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष खेर फाल्ने कार्य गरेकाले अभियुक्त भएको टिप्पणी गरेका छन् ।

मतदातालाई ओलीले जवाफ दिने समय भएकाले ओली अभियुक्त भएको उनले जिकिर गरे ।

प्रधानमन्त्रीकै रूपमा भृकुटीमण्डपमा ओलीले सम्बोधन गर्नुपर्नेमा काँग्रेसलाई धारे हात लगाउँदै पूर्व–पश्चिम गरिरहेको थापाले आपत्ति जनाए । चुनावी सभाको अन्तिम दिनमा भृकुटीमण्डपमा एमालेले सभा गरिरहेको छ ।

असनबाट गठबन्धनको सभामा बोल्दै गर्दा थापाले भने, ‘अहिले भृकुटीमण्डपमा बोल्दै गर्दा केपी शर्मा ओली प्रधानमन्त्रीकै रूपमा बोलेको हुनुपर्ने हो कि होइन ? संसद् भङ्ग किन गरेको हो ? मूल झगडियाले माफी माग्नु पर्छ कि पर्दैन ?’

पूर्व प्रधानमन्त्री ओलीले २२९ सडकका लागि शिलान्यास गर्दै गर्दा बजेट विनियोजन नगरी स्विच थिचेको बताए । कोरोना सङ्क्रमणको समयमा ५ हजार जनतालाई बचाउन सकिने भए पनि ओली सरकारकै कारण ज्यान गएको उनले आरोप लगाए । उनले भने, ‘अहिले सजाय पाउने पालो एमालेको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस