सिर्जना सिंह प्रतिपक्षी जस्तो लाग्दैन : स्थापित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सिर्जना सिंह प्रतिपक्षी जस्तो लाग्दैन : स्थापित


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए एक वर्षभित्र काठमाडौँमा फोहोर मैला व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने दाबी गरेका छन् ।

काठमाडौँमा चुनावी सभामा बोल्दै स्थापितले काठमाडौँमा देखिएको फोहोरको समस्या दीर्घकालीन समाधान गर्ने बताएका हुन्।

उनले भने, ‘फोहोर मैलाको नाममा काँग्रेसले राजनीति गर्न पाइने छैन । एक वर्षभित्र धूँवा र धूलो नियन्त्रण गर्छु । ठुला खालका पार्कहरू निर्माण गर्नेछु । दुई वर्षभित्र साइकलमैत्री हुन्छ काठमाडौँ महानगर।’

उनले मेयर पदकी उम्मेदवार सिर्जना सिंहप्रति इङ्गित गर्दै भने, ‘प्रतिपक्ष को भन्दा ? घुम्टो लगाएर बसेको छ । सिर्जना डङ्गोलले भाषण गरेको जस्तै कति राम्रो हुन्थ्यो होला मेरो प्रतिपक्षीले। उहाँ त खोइ मञ्चमै आको छैन । मैले सबै मञ्चबाट सोधे प्रतिपक्ष को भनेर ? घुम्टो लाएर बसिरहेको छ । मलाई त प्रतिपक्षी छ जस्तो नै लाग्दैन। प्रतिपक्षी दर्शन, पार्टी, नीति, मामिलाको मामलामा काठमाडौँको विकास सन्दर्भमा प्रतिस्पर्धा गर्न आउनु पर्दैन । हाम्रो प्रतिस्पर्धी नै उत्पादन भा छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस