पर्यवेक्षकको रुपमा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको नाम अस्वीकृत « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पर्यवेक्षकको रुपमा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको नाम अस्वीकृत


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्वीकार गरेको छ ।

कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको हो । अनुमती पाएको भए उनी विशेष पर्यवेक्षकको भूमिकामा रहने थिए ।

‘निर्वाचन पर्यवेक्षणका लागि उहाँको नाम र निवेदन पनि आयोगमा आएको थियो । आयोगकै एकजना व्यक्तिले उहाँ कुनै दलको केन्द्रीय विभागमा आवद्ध भएको जानकारी गराउनुभयो । त्यसबारे सोधपुछ गर्दा उहाँ आवद्ध रहेको थाहा भएपछि हामीले अनुमति दिन सकेनौं’ निर्वाचन आयोग स्रोतले भन्यो ।

नेकपा माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरेको सूचीमा उनी केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको भनी उल्लेख छ ।

आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमती दिने गरेको थियो । डा। यादवको नाम पनि विशेष पर्यवेक्षकको रुपमा सिफारिस भएको आयोगबाट अस्विकृत भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस