श्रीलङ्काका एक सांसदले गरे आत्महत्या, रकार समर्थक र विरोधीबिच झडप हुँदा पाँच जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्काका एक सांसदले गरे आत्महत्या, रकार समर्थक र विरोधीबिच झडप हुँदा पाँच जनाको मृत्यु


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ। श्रीलङ्कामा सरकार समर्थक र विरोधीबिच हिंसात्मक झडपको क्रममा सत्ताधारी दलका एक जना सांसदले आत्महत्या गरेका छन् ।

सत्ताधारी दलका सांसद अमरकीर्ति अथुकोरालले सोमबार सुरुमा सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाए, पछि आफूले आफैँलाई गोली हानेर आत्महत्या गरेको बिबिसीले जनाएको छ । यो घटना राजधानी कोलम्बोको बाहिरी इलाकामा भएको हो ।

समाचार एजेन्सीका अनुसार प्रहरीले अमरकीर्तिले निट्टामबुआमा उनको कार रोक्ने कोसिस गरेका दुई जनामाथि गोली चलाएका थिए । उनले हानेको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

त्यसपछि आक्रोशित भिडबाट जोगिने प्रयासमा उनी नजिकको एक भवनमा लुकेका थिए । सो भिडले उनी लुकेको भवनलाई घेरा हाल्यो । त्यसपछि उनले आफैँलाई गोली हानेका थिए ।

श्रीलङ्कामा सोमबार सरकार समर्थक र विरोधीबिच झडप हुँदा पाँच जनाको मृत्यु र १३८ जना घाइते भएका छन् । यहीबिचमा श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् ।

श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएपछि नागरिकको आक्रोश बढेको छ । अभावबाट गुज्रिरहेका उनीहरूले सरकारविरुद्ध दिनहुँ विरोध प्रदर्शन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस