राष्ट्रपतिको उपस्थितिमा मनाइयो कानुन दिवस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपतिको उपस्थितिमा मनाइयो कानुन दिवस


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सर्वोच्च अदालतले आज कानुन दिवस मनाएको छ ।

सर्वोच्च अदालत परिसरमा आयोजना गरेको उक्त समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको उपस्थिति थियो ।

त्यस्तै, समारोहमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, सर्वोच्च अदालतका न्यायाधीशहरू, उच्च अदालतका मुख्य न्यायाधीश, जिल्ला न्यायाधीशहरू, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पूर्वन्यायाधीशहरु हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, मीनबहादुर रायमाझी र अनुपराज शर्मालाई सम्मान गरेका थिए । उक्त अवसरमा चार पूर्व प्रधानन्यायाधीश र ११ न्यायाधीशहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने सर्वोच्च अदालतका न्यायाधीशहरूमा कृष्ण जङ्ग रायमाझी, अरविन्दनाथ आचार्य, उदयराज उपाध्याय, राजेन्द्रराज नाख्वा, टोपबहादुर सिंह, ज्ञाइन्द्रबहादुर श्रेष्ठ, पवनकुमार ओझा, शारदा श्रेष्ठ, हरि जङ्ग सिजापति, बद्रीकुमार बस्नेत र राजेन्द्रकुमार भण्डारी रहेका छन् । राष्ट्रपति भण्डारीले उनीहरूलाई सम्मान गरेकी थिएन ।

नेपालमा प्रधान न्यायालयसम्बन्धी ऐन २००८ लागू भएको दिनको स्मरणका रुपमा हरेक वर्ष वैशाख २६ गते कानुन दिवसको रुपमा मनाउने गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस