मिर्चैयामा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मिर्चैयामा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप


२६ बैशाख २०७९, सोमबार


जनकपुरधाम । सिरहाको मिर्चैया बजारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि दुवै पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

झडपका क्रममा माओवादी कार्यकर्ता चढ्ने एउटा कारमा काँग्रेस कार्यकर्ताले ढुंगामुढा गरेर तोडफोड गरेका छन् । कारको अगाडिको सिसा फुटेको छ ।

मिर्चैयाका डिएसपी हरिबहादुर ओलीका अनुसार वडा नम्बर २ मा काँग्रेस र माओवादीका कार्यकर्ताबीच विवाद भएको थियो ।

दुवै पक्षका मानिसलाई ल्याएर छलफल गरिरहेकै बेला सामान्य झडप भएको उनले बताए । ‘अहिले विवाद मिलाउन छलफल भइरहेको छ’, उनले भने ।

काँग्रेसले माओवादी र माओवादीले काँग्रेसमाथि आर्थिक चलखेल गरी मतदाता फकाउने प्रयास गरेको आरोप लगाइरहेका छन् । यही विषयमा विवाद बढेर तनाव सृजना भएको स्थानीय बताउँछन् ।

मिर्चैयामा नेकपा माओवादी केन्द्रबाट निवर्तमान मेयर श्रवण यादव पुनः चुनावी मैदानमा छन् । काँग्रेसले सीताराम यादवलाई मेयरमा खडा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस