प्रचण्ड र आरजुको अभिव्यक्तिमा काँग्रेसको प्रष्टीकरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड र आरजुको अभिव्यक्तिमा काँग्रेसको प्रष्टीकरण


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ। नेपाली काँग्रेसले केन्द्रीय सदस्य डा. आरजु राणा र माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिएको छ ।

पार्टीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाश शरण महतले आरजुको अभिव्यक्तिमा प्रष्टीकरण दिँदै भने, ‘काँग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’

दोस्रो दर्जाको सरकार जसरी काँग्रेसले जितेको ठाउँमा बजेट विनियोजन गर्ने काम पूर्व सरकारले गरेको आरोप लगाउँदै उनले काँग्रेसले भेदभाव नगर्ने बताए ।

प्रधानमन्त्री पत्नी आरजुले डडेलधुरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट पटाउँदैनौँ भनेको भिडियो भाइरल भएको थियो ।

प्रचण्डको पनि बचाउ

काँग्रेस प्रवक्ता महतले चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त चुनावी सभामा बोल्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिएको अभिव्यक्तिको पनि बचाउ गरे ।

सभामा प्रचण्डले धम्की नदिएको उनले बताए । गठबन्धन टुटेर एमालेकै सरकार आएमा अवस्था खराब हुने आशयमा प्रचण्डले विचार व्यक्त गरेको महतले बताए । ‘ओलीको सरकार आएर खराब हुन्छ भन्न त मिल्छ नि । त्यो सोच्नुस् भन्नुभएको हो ।’

भरतपुरको सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनलाई मत नदिए देश दुर्घटनामा पर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस