गठबन्धनको विरुद्धमा नलाग्न कार्यकर्तालाई देउवाको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गठबन्धनको विरुद्धमा नलाग्न कार्यकर्तालाई देउवाको निर्देशन


२४ बैशाख २०७९, शनिबार


जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको विरुद्धमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

जनकपुरधाममा शनिवार आयोजित कार्यक्रममा उनले गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी दिए ।

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।

काँग्रेसका सभापतिसमेत रहेका देउवाले गठबन्धनको पक्षमा माहोल बनेको भन्दै पार्टीका कार्यकर्तालाई प्रतिवद्धताका साथ लाग्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस