प्रधानमन्त्री देउवा सेनाको हेलिकप्टर चढेर पुगे दमौली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री देउवा सेनाको हेलिकप्टर चढेर पुगे दमौली


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको सदरमुकाम दमौली पुगेका छन् ।

शनिवार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर देउवा नेपाली काँग्रेसले आयोजना गरेको सभामा सहभागी हुन तनहुँ पुगेका हुन् ।

देउवासँगै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाश शरण महत पनि तनहुँ पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस