एक दिवसीय श्रृङखला : जिम्बावे ‘ए’ ८७ रनमा समेटियो, नेपाल जवाफी ब्याटिङ गर्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एक दिवसीय श्रृङखला : जिम्बावे ‘ए’ ८७ रनमा समेटियो, नेपाल जवाफी ब्याटिङ गर्दै


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ। करण केसी र सोमपाल कामीको कसिलो बलिङमा टिक्न नसकेको जिम्बावे ‘ए’ ले नेपाललाई ८८ रनको समान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसीय श्रृङखलाको दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले सुरुवात देखिनै बलिङमा राम्रो प्रदर्शन गरेको थियो ।

जिम्बावे ३१.५ ओभरमा ८७ रन बनाएर अलआउट भयो । पहिलो बलमै ओपनर इन्नोसेन्ट कियालाई गुमाएको जिम्बावेका लागि जोनाथान काम्पवेलले सर्वाधिक २७ रन, ब्राड इभान्स २० र चेफास जुवावो १० बाहेक कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

नेपालको बलिङमा करण केसी र सोमपाल कामीले सर्वाधिक तीन तीन विकेट लिए । भने, सागर ढकाल १ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस