नेपालले टस जितेर जिम्बावेविरुद्ध फिल्डिङ गर्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालले टस जितेर जिम्बावेविरुद्ध फिल्डिङ गर्दै


२४ बैशाख २०७९, शनिबार


काठमाडौं । जिम्बावे विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गरीरहेको छ । त्रिवि मैदानमा टस जितेपछि नेपालले पहिले बलिङ गर्दै छ।

यो खेलमा सुनिल धमला लामो समयपछि टिमको पहिलो रोजाइमा परेका छन् भने विनोद भण्डारीले आजको खेलमा विकेटकिपर सम्हालिरहेका छन् ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बाबे ए सँग ३ विकेटले पराजित भएको थियो ।

तीन खेलको टी–२० शृङ्खलापछि यी दुई टोली एक दिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी–२० शृङ्खलामा दुवैले एक–एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

नेपालको प्लेइङ ११ मा सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल र सुनिल धमला रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस