चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तनहुँ जाँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तनहुँ जाँदै


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज दमौली जाँदै छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस तनहुँले दमौलीमा आयोजना गरेको सभामा सहभागी हुन प्रधानमन्त्री देउवा तनहुँ जान लागेका हुन् ।

सभामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाश शरण महतलगायत नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

खनालका अनुसार कार्यक्रम बिहान साढे १० बजे सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस