आइपिएल : शीर्षस्थानको गुजरात तालिकाको पुछारमा रहेको मुम्बईसँग पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइपिएल : शीर्षस्थानको गुजरात तालिकाको पुछारमा रहेको मुम्बईसँग पराजित


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा अङ्कतालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स तालिकाको पुछारमा रहेको मुम्बई इण्डियन्ससँग पराजित भएको छ। मुम्बई स्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा मुम्बइले ५ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। मुम्बइका लागि ओपनर ईशान किसनले ४५ र रोहित शर्माले ४३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। त्यस्तै तिलक वर्माले २१ र सूर्यकुमार यादवले १३ रन बनाउँदा टिम डेभिड ४४ रनमा अविजित रहे।

बलिङतर्फ गुजरातका राशिद खानले सर्वाधिक २ विकेट लिँदा अल्जरी जोसेफ, लोकी फर्ग्युसन र प्रदीप सनग्वनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरात १७२ रनमा समेटियो। गुजरातका लागि ओपनर ऋद्धिमान साह र शुभमन गिलले सानदार सुरुवात दिलाउँदै क्रमशः ५५ र ५२ रन बनाए। त्यस्तै कप्तान हार्दिक पाण्ड्याले २४, साइ सुदर्शनले १४ तथा डेभिड मिलरले अविजित १९ रन बनाए।

गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन मुरुगन अश्विनले २ तथा किरन पोलार्डले १ विकेट लिए।

जितका बावजुत १० खेलबाट ४ अङ्क जोडेको मुम्बई तालिकाको पुछारमा छ भने हारका बावजुत ११ खेलबाट १६ अङ्क जोडेको गुजार शीर्षस्थानमा कायम छ।

Tags :
प्रतिक्रिया दिनुहोस