शाहरुख खान फ्रान्सकै सर्वोच्च नागरिक अवार्ड ‘लिजन अफ अनर’ द्वारा सम्मानित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शाहरुख खान फ्रान्सकै सर्वोच्च नागरिक अवार्ड ‘लिजन अफ अनर’ द्वारा सम्मानित


२३ बैशाख २०७९, शुक्रबार


मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानलाई विश्वभरको सांस्कृतिक विविधतामा उनको उल्लेखनीय योगदानको कदर गर्दै फ्रान्सको सर्वोच्च नागरिक सम्मान ‘नाइट अफ द लिजन अफ अनर’ ले सम्मानित गरिएको छ ।

उनलाई मङ्गलबार, मे ३ मा फ्रान्सका विदेशमन्त्री लरेन्ट फाबियसले उक्त सम्मान प्रदान गरेका हुन् । उक्त समारोह मुम्बईको ताजमहल प्यालेस होटलमा भएको थियो ।

सम्मान पाइसकेपछि खानले फ्रान्सेली राष्ट्रपति र फ्रान्सलाई सम्मानका लागि उपयुक्त मानेकोमा धन्यवाद दिँदै एक विज्ञप्तिमा ‘जीवनमा विभिन्न पलहरू आउँछन् जसले तपाईँलाई महसुस गराउँछ कि तपाईँ सही ट्र्याकमा हुनुहुन्छ र मेरो लागी यो त्यो एक क्षण हो। यो सम्मान पाउँदा म साँच्चै नै गर्व गर्छु। यो सम्मानले भारतीय सिनेमालाई स्वीकृति, प्रेम र महिमाको अर्को तहमा लैजान प्रेरित गरेको छ ।’ भनेका छन्।

फ्रान्सको सर्वोच्च नागरिक पुरस्कार १८०२ मा नेपोलियन बोनापार्टद्वारा सिर्जना गरिएको थियो। यो फ्रान्सले प्राप्तकर्ताहरूको राष्ट्रियताको पर्वाह नगरी देशको लागि उत्कृष्ट सेवा गर्नेहरुको लागि प्रदान गर्ने सर्वोच्च पुरस्कार हो ।

Tags :
प्रतिक्रिया दिनुहोस