एमालेले सामाजिक सद्भाव बिगार्ने काम गर्दैन : ओली « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमालेले सामाजिक सद्भाव बिगार्ने काम गर्दैन : ओली


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलालीमा भएका हिंसात्मक घटनाप्रति दु:ख भएको बताएका छन् ।

कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जो मारिए पनि नेपाली मारिएको भन्दै त्यो राम्रो नभएको बताएका हुन् ।

उनले भने, ‘कैलालीमा भएका हिंसाका घटना दु:खद हुन् । को मारिए के मारिए भन्ने होइन जो मारिए पनि नेपाली मारिए । त्यो राम्रो भएन । परस्पर घृणा फैलाउने काम राम्रो भएन । एउटाले एक प्रकारको र अर्कोले अर्को प्रकारको नारा दिने द्वन्द्व लगाउने काम एमालेले गर्दैन । सामाजिक सद्भाव बिगार्ने काम एमालेले गर्दैन ।’

एमाले सामाजिक सद्भाव र राष्ट्रिय एकताका साथ देश विकासको काममा सबै लाग्न पर्छ भन्ने पक्षमा रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस