अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण


२२ बैशाख २०७९, बिहिबार


वासिङटन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाएअनुसार उनले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसकेकोले उनलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

उनी अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहेको विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले विदेश मन्त्री ब्लिंकेनले हाल कुनै पनि अप्ठेरो महसुस नगरेको र घरबाटै काम गर्ने गरी तयारी गरेको पनि जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस