एआईजी पोखरेलको रिटमाथि सुनुवाइ आज पनि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एआईजी पोखरेलको रिटमाथि सुनुवाइ आज पनि


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ। प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ । बुधवारदेखि सुरु भएको सुनुवाइ नसकिएपछि आज पनि हुन लागेको हो ।

गएको सोमबार एआईजी विश्वराज पोखरेलले सरकारले ज्येष्ठतालाई मिचेर प्रहरी महानिरीक्षकमा कनिष्ठ धीरजप्रताप सिंहलाई नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिट निवेदनमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ ।

पोखरेल सिंहभन्दा १६ महिनाअघि एआईजी भएका थिए । गएको आइतबारको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ एआईजीलाई पाखा लगाउँदै कनिष्ठ एआईजी सिंहलाई आइजिपी नियुक्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस