एमाले उम्मेदवारको घर नजिकै शङ्कास्पद वस्तु फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले उम्मेदवारको घर नजिकै शङ्कास्पद वस्तु फेला


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ मा शङ्कास्पद वस्तु फेला परेको छ।

नेकपा एमालेका उम्मेदवार जीवनाथ ढकालको घर नजिकै मकैवारिमा तार जडित अवस्थामा प्रेसर कुकर फेला परेको हो।

ढकाल वडा सदस्यका उम्मेदवार छन्।

मकैवारिको डिलमा प्रेसरकुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा बिहानै प्रहरी पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शङ्कास्पद वस्तु तार जडित प्रेसरकुकरमा ‘कथित स्थानीय चुनाव बहिष्कार गरौँ’ भन्ने लेखेर टाँसिएको छ।

घटनास्थलमा नेपाली सेना पुगेर उक्त शङ्कास्पद वस्तु निष्क्रिय पार्ने प्रहरीले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस