बागीले माओवादी उम्मेदवारलाई लाख रुपैयाँको माला लगाइदिए « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बागीले माओवादी उम्मेदवारलाई लाख रुपैयाँको माला लगाइदिए


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैसीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला लगाइदिएका छन् ।

अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैसीलाई १ सय वटा हजार दरका नयाँ नोटले बनेको माला लगाइदिएका हुन् ।

बागी उठेका खड्काले आफ्नो उम्मेदवारी निष्क्रिय गराउँदै चुनावका लागि जम्मा गरेको खर्च जैसीलाई दिएको बताए ।

खड्काले भने, ‘टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको, तर अहिले जनताले उम्मेदवारी फिर्ता लिन भनेकाले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर, मेरो चुनाव चिन्ह गुलाफको फूल र चुनाव खर्च जैसीलाई हस्तान्तरण गरेको हुँ ।’

स्वतन्त्र उम्मेदवारी दिएका उनलाई निर्वाचन कार्यालयले गुलाफको फूल चुनाव चिन्ह दिएको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएपछि साथी भाइले चुनाव खर्चका लागि भन्दै दिएको रकम जम्मा गरेर जैसीलाई हस्तान्तरण गरेको उनले स्पष्ट पारे ।

ताँजाकोटमा माओवादीका जैसी र नेकपा एमालेका अजमल बुढाबिच प्रतिस्पर्धा छ । यसअघि स्वतन्त्र उम्मेदवारी दिएका अर्जुन बुढाले पनि आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस