आईजीपी मानव अधिकार उल्लंघनकर्ताका आरोपी : ठाकुर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आईजीपी मानव अधिकार उल्लंघनकर्ताका आरोपी : ठाकुर


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको टिप्पणी गरेका छन् ।

बुधवार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहमाथि मानव अधिकार उल्लंघनको आरोप लागेको बताए ।

उनले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाए । महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि सदस्य ठाकुरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस