काभ्रे दुर्घटना अपडेट : ५ जना मृतकको सनाखत, १९ घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काभ्रे दुर्घटना अपडेट : ५ जना मृतकको सनाखत, १९ घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै


२१ बैशाख २०७९, बुधबार


काभ्रे । काभ्रेको रोशी गाउँपालिका-११ भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ ।

आज (बुधबार) दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र जिप एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका-६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका-३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा सङ्गीत भुसाल, सुनकोसी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली र कमलामाई नगरपालिका-४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल रहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरू सबै जिपमा सवार यात्रु हुन् । त्यस्तै दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय पर्यटक बोकेको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौँ जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठोक्किएका हुन् ।

सम्बन्धित समाचार : काभ्रेको रोशीमा पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा ५ जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस