चीन विज्ञलाई भारतले नेपालको राजदूतमा गर्‍यो प्रस्ताव « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चीन विज्ञलाई भारतले नेपालको राजदूतमा गर्‍यो प्रस्ताव


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । भारतले नेपालको लागि नयाँ राजदूतमा नवीन श्री वास्तवलाई औपचारिक रूपमा प्रस्ताव गरेको छ ।

आगामी बुद्ध जयन्तीमा हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि भारतले काठमाडौँमा नयाँ राजदूत पठाउन लागेको हो ।

भारतीय अखबार ‘द हिन्दुस्तान टाइम्स’ले बुधवारको संस्करणमा श्री वास्तवलाई राजदूतमा पठाउन लागिएको खबर प्रकाशित गरेको छ । श्री वास्तवले भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजन हेर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस