विमानस्थलको सर्चमा केही भेटिएन, हवाई उडान पुनः सुचारु हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विमानस्थलको सर्चमा केही भेटिएन, हवाई उडान पुनः सुचारु हुँदै


२१ बैशाख २०७९, बुधबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । अज्ञात व्यक्तिले बम राखेको सूचनापछि बन्द भएको त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको हवाई उडान पुनः सुचारु हुँदै छ ।

बम राखिएको सूचनापछि सर्च गर्दा कुनै शङ्कास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको हो ।

विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो र उनले बम राखिएको सूचना दिएका थिए ।

सूचनापछि यात्रुलाई बाहिर निकालेर सर्च गरिएको थियो ।

सम्बन्धित समाचार : विमानस्थलमा शङ्कास्पद वस्तु रहेको आशङ्का, आन्तरिक उडानका यात्रुलाई बाहिर निकालियो

Tags :
प्रतिक्रिया दिनुहोस