माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते


२० बैशाख २०७९, मंगलबार


रुकुम पश्चिम । माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते भएका छन् ।

त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबिच झडप हुँदा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टिकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मङ्गलवार बिहान दुई पक्षबिच झडप भएको प्रहरीले जनाएको छ । घाइते तीनैलाई नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस