राजनीतिमा लागेको लेउ हटाउन राजनीतिमा लाग्ने हिम्मत गरेँ : श्वेता खड्का « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राजनीतिमा लागेको लेउ हटाउन राजनीतिमा लाग्ने हिम्मत गरेँ : श्वेता खड्का


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । नायिका श्वेता खड्काले आफू राजनीतिमा लागेको लेउ हटाउन राजनीतिमा लाग्ने हिम्मत गरेको बताएकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राजनीति व्यावसायिक पेसा नभई सेवाको क्षेत्र भएको र राजनीतिलाई कमाइ गरी खाने भाँडोको रुपमा प्रयोग गर्नेहरूलाई विस्थापित गर्नको लागि अग्रसर हुने महसुस भएको कारण आफू यो क्षेत्रमा आएको बताएकी छन्।

राजनीतिलाई फोहोरी खेलको रुपमा परिभाषित गर्दै नेतालाई धारे हात लगाउने बेला गएको भन्दै उनले लेखेकी छन्, ‘प्रणाली परिवर्तनको लागि प्रणाली निर्माणकै हिस्सा बन्न जरुरी छ। मैले यसको लागि आदरणीय बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी हुँ।’

उनले सबै दलको संस्थागत सिद्धान्त खराब नहुने तर सिद्धान्त कार्यान्वयन गर्ने व्यक्तिको आचरण खराब हुने भन्दै सबै राजनीतिक दल सिद्धान्त कार्यान्वयनका असफल रहेको उल्लेख गरेकी छन्। उनले राजनीतिक सिद्धान्त कार्यान्वयनको असफलता देशका धेरै क्षेत्रमा र व्यक्तिगत जीवनमा परेको पनि बताएकी छन्।

उनले पोखरी फोहोर भयो भनेर पोखरीको लेउलाई गाली गर्ने भन्दा त्यो हटाउन आफैँले पोखरीभित्र छिर्ने हिम्मत गर्नुपर्ने बताएकी छन्। उनले आफू पारिवारिक पृष्ठभूमिकै आधारमा नेपाली काँग्रेसको सिद्धान्तलाई आत्मसात् गरेको उल्लेख गर्दै व्यावसायिक र चलचित्र क्षेत्रमा सक्ने योगदान दिने बताएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस