भुवन केसी, रवीन्द्र खड्का र श्वेता खड्का काँग्रेस प्रवेश, देउवाले गरे स्वागत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भुवन केसी, रवीन्द्र खड्का र श्वेता खड्का काँग्रेस प्रवेश, देउवाले गरे स्वागत


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । अभिनेता भुवन केसी र श्वेता खड्कासहित केही कलाकार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले अभिनेता केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई काँग्रेस प्रवेश गराएका हुन् ।

९ वर्षअघि अभिनेता केसी नेकपा एमालेमा प्रवेश गरेका थिए । काठमाडौँ १ बाट संसदको टिकटको लागि सिफारिस भए पनि विरोधका कारण टिकट भने पाएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस