गोरखामा जन्ती बोकेको जिप दुर्घटना, तीन जनाको मृत्यु « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

गोरखामा जन्ती बोकेको जिप दुर्घटना, तीन जनाको मृत्यु


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सोमवार चितवनको जिरौनाबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्वरको जिप रोकिराखेको अवस्थामा एक्कासि गुडेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिका, चनौटेका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का उत्तरकुमार सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘गाडी रोकेर चालक बाहिर निस्केको रहेछ,’ डिएसपी लिलाराज लामिछानेले भने, ‘त्यही बेला एक्कासि गाडी पछाडि गुडेर तल खसेछ ।’

जिल्ला ट्राफिक इन्चार्ज प्रकाश पोखरेलका अनुसार गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस