शङ्कास्पद कारोबारको अध्ययन गर्दै राष्ट्र बैङ्क « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

शङ्कास्पद कारोबारको अध्ययन गर्दै राष्ट्र बैङ्क


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको अध्ययन सुरु गरेको छ ।

नेपालमा पछिल्लो समय भएका कारोबारहरु शङ्कास्पद देखिएपछि सो इकाइले सूक्ष्म अध्ययन गरेको हो ।

गत फागुन मसान्तसम्म १ हजार ५५६ वटा शङ्कास्पद कारोबारको प्रतिवेदन प्राप्त भएको राष्ट्र बैङ्कले बताएको छ ।

आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरिवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैङ्कको निरीक्षण गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

नेपालमा अवैध मानिएको विभिन्न क्षेत्रमा बैङ्कमार्फत कारोबार भएका घटनाहरु बढिरहेका छन् ।

गत फागुन मसान्तसम्ममा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएको छ । इकाइले १९९ वटा प्रतिवेदन अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकायमा पठाइएको छ ।

राष्ट्र बैङ्कले गत फागुन मसान्तसम्ममा सरकारको कूल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रहेको जनाएको छ । बैङ्कका अनुसार हालसम्म २९ अर्ब २४ करोड ६७ लाख बराबरको आन्तरिक ऋण भुक्तानी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस