२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रको आवेदन खुल्यो, ब्याजदर ११ प्रतिशत « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रको आवेदन खुल्यो, ब्याजदर ११ प्रतिशत


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रका लागि आवेदन खुला गरेको छ । आइतबार (वैशाख १८) देखि खुला भएको बचतपत्रमा २२ गतेसम्म आवेदन दिन पाइन्छ ।

चार वर्ष परिपक्वको अवधि रहेको उक्त बचतपत्रमा ११ प्रतिशत ब्याजदर पाइने छ । यो ब्याजदर राष्ट्र बैङ्कले यसअघि विक्री गरेको नागरिक बचतपत्र २०८३ (क) भन्दा एक प्रतिशतले बढी हो ।

हाल वाणिज्य बैङ्कहरूले निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् । अघिल्लो पटकको बचतपत्रको ब्याजदर बैङ्कहरूको भन्दा कम रहेकाले नागरिकको धेरै आकर्षण हुन सकेको थिएन ।

सोही पक्षलाई ध्यान दिएर अहिले ब्याजदर बढाइएको राष्ट्र बैङ्कले जनाएको छ । बचतपत्रको परिपक्वको अवधि २०८४ वैशाख १५ गतेसम्म रहेको छ ।

यो वर्ष देखि विदेशमा रहेका नेपालीले आफू रहेकै स्थानबाट पनि नागरिक बचतपत्रमा लगानी गर्न सक्ने सुविधा छ । नेपाल राष्ट्र बैङ्कले नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत पनि गर्न सकिने व्यवस्था गरेपछि विदेशमा रहेका नेपालीले पनि उक्त सुविधा पाएका हुन् ।

नयाँ व्यवस्था अनुसार अब स्वदेश र विदेश जहाँ रहेका नेपालीले पनि अनलाइनमार्फत नागरिक बचतपत्र खरिद गर्न बाटो खुलेको हो ।

यसअघि आवश्यक कागजातसहित भौतिक रुपमा सम्बन्धित व्यक्ति बैङ्कमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले विदेशमा बस्ने नेपालीले नागरिक बचतपत्र किन्नबाट वञ्चित रहँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस