भारतका प्रधानमन्त्री युरोप भ्रमणमा जाने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतका प्रधानमन्त्री युरोप भ्रमणमा जाने


१९ बैशाख २०७९, सोमबार


नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जाने भएका छन् ।

उनी आज (सोमबार) युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनले तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

सो कुराको जानकारी भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको बताइएको छ ।

विदेश सचिव क्वात्राले प्रधानमन्त्री मोदीले यस पटक गर्न लाग्नुभएको यो युरोप भ्रमणका क्रममा उनले युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिका विषयमा भारतको धारणा राख्नेछन् ।

उनी सोमबार नै जर्मनी पुग्नेछन् । जर्मनीपछि उनले डेनमार्क र फ्रान्सको भ्रमण गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस