ललितपुरमा महिला मतदाता बढी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ललितपुरमा महिला मतदाता बढी


१८ बैशाख २०७९, आइतबार


ललितपुर । ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन् ।

जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन् ।

जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर महानगरपालिकामा महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल एक लाख २२ हजार ८९० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोमा घिमिरेले जानकारी दिइन् ।

यस्तै महालक्ष्मी नगरपालिकामा पुरुष १७ हजार ५४८ र महिला १९ हजार ११९ गरी कूल ३६ हजार ६६७, गोदावरी नगरपालिकामा पुरुष २६ हजार ६२९ र महिला २७ हजार ७६९, तेस्रो लिङ्गी एक गरी कूल ५४ हजार ३९९ मतदाता छन् ।

कोन्ज्योसोम गाउँपालिकामा पुरुष चार हजार ३१२, महिला चार हजार २७६ गरी कूल आठ हजार ५८८, बागमती गाउँपालिकामा पुरुष पाँच हजार ९६०, महिला ६ हजार ३६८ गरी कूल १२ हजार ३२८ तथा महाङ्काल गाउँपालिकामा पुरुष चार हजार ६२३, महिला चार हजार ३८९ गरी कूल नौ हजार १२ मतदाता रहेको घिमिरेले बताइन् ।

त्यसैगरी ललितपुरमा १३१ मतदान स्थल र २८८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

ललितपुर महानगरपालिकामा ५२ मतदान स्थल र १३७ मतदान केन्द्र, महालक्ष्मीमा १८ मतदान स्थल र ४३ मतदान केन्द्र, गोदावरीमा ३१ मतदान स्थल र ६६ मतदान केन्द्र, कोन्ज्योसोममा सात मतदान स्थल र १२ मतदान केन्द्र, बागमतीमा १३ मतदान स्थल र १७ मतदान केन्द्र तथा महाङ्कालमा १० मतदान स्थल र १३ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस