भारतद्धारा चिनियाँ कम्पनी शाओमीको साढे ७२ करोड डलर जफत « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

भारतद्धारा चिनियाँ कम्पनी शाओमीको साढे ७२ करोड डलर जफत


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । भारतले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीको साढे ७२ करोड अमेरिकी डलर जफत गरेको छ।

समाचार संस्था रोयटर्सका अनुसार गैरकानुनी तरिकाले भारतबाट रेमिट्यान्स विदेश पठाएको भन्दै शाओमीको भारतको बैङ्कमा रहेको उक्त डलर जफत गरिएको हो।

भारतमा आर्थिक अपराध नियन्त्रणसम्बन्धी काम गर्ने इन्फोर्समेन्ट डाइरेक्टोरेट (आइबी) ले शनिवार शाओमीको सम्पत्ति जफत गरिएको जानकारी दिएको छ।

शाओमीमाथि गत फेब्रुअरीदेखि अनुसन्धान भइरहेको थियो।

भारतमा शाओमीले सबै उत्पादनहरू भारतभित्र गर्ने भए पनि रोयल्टीका नाममा ५५.५ अर्ब भारु विदेशका तीन वटा कम्पनीलाई यति धेरै रकम रेमिट्यान्सका नाममा पठाएको देखिएपछि अनुसन्धान थालिएको थियो।

अनुसन्धानमा शाओमी भारतीय कानुनको उल्लङ्घन गरेको देखिएको आइबीले उल्लेख गरेको छ। शाओमी भारतमा स्मार्टफोन बिक्रेतामध्ये पहिलो नम्बरमा छ।

एउटा अनुसन्धानले सन् २०२१ मा उसले भारतीय स्मार्टफोन बजारको २४ प्रतिशत हिस्सा ओगटेको देखाएको थियो। शाओमीले भने भारतमा आफूले भारतीय कानुनको परिधिभित्र रहेर व्यापार गरेको बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस