कैलालीको एक होटेलमा युवती मृत फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलालीको एक होटेलमा युवती मृत फेला


१७ बैशाख २०७९, शनिबार


गोदावरी । कैलालीको एक होटेलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटेलमा ती युवती मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी हुन् ।

उनी धमला होटेलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेको उपाध्यायले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस