वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’बिचको पहिलो खेल प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’बिचको पहिलो खेल प्रभावित


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्बावे ‘ए’ बिचको पहिलो एक दिवसीय वर्षाले प्रभावित गरेको छ ।

टियु क्रिकेट मैदानमा हुने खेल वर्षाकै कारण टस हुन सकेको छैन । खेल वर्षाका कारण स्थगित हुने सम्भावना उच्च रहेको छ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने सिरिजको तयारी स्वरूप आयोजना गरिएको सिरिजमा नेपालले जिम्बावे ‘ए’ सँग तीन एकदिवसिय र तीन टी–२० खेल खेल्नेछ ।

जिम्बावेविरुद्ध नेपाली टिममा आसिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोभ, किशोर महत्व, सुनिल धमला, शुसन भारी र आदिल अन्सारी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस