आज जिम्बावे ‘ए’ विरुद्ध एक दिवसीय क्रिकेट खेल्दै नेपाल « प्रशासन
Logo १८ फाल्गुन २०८०, शुक्रबार
   

आज जिम्बावे ‘ए’ विरुद्ध एक दिवसीय क्रिकेट खेल्दै नेपाल


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध एक दिवसीय क्रिकेट खेल्दै छ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बिचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो।

आज नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन। नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो। त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको एक दिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ। एक दिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ।​

एक दिवसीय पछि नेपालले टी–ट्वान्टी सिरिज खेल्नेछ। टी–ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ।

Tags :
प्रतिक्रिया दिनुहोस