निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुन्छ : अध्यक्ष नेपाल « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुन्छ : अध्यक्ष नेपाल


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुने बताएका छन् ।

यहाँ आज आयोजित वहिर्गमित जनमुक्ति सेना नेपालका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले जनताको सुखी र समृद्ध हुने चाहनाका साथै देशलाई समुन्नत बनाउन अग्रगमन शक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए ।

उनले एकीकृत समाजवादी पार्टी पुष्पलालकालीन कम्युनिस्ट पार्टीको निरन्तरता भएको बताउँदै पार्टी देश र जनताको पक्षमा क्रियाशील भएको विषयमा परीक्षण भइसकेको विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफू बृहत् बाम एकतासँगै लोकतन्त्र प्रेमी शक्तिसँग कार्यगत एकता गरेर प्रतिगमनविरुद्ध सङ्गठित भएर अघि बढ्दै पार्टी सङ्गठनलाई टोलसम्म विस्तार गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

राष्ट्रियसभा निर्वाचनबाटै विजयको सुरुआत भएकाले गठबन्धनमा आबद्ध दल सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताउँदै उनले गठबन्धनभित्रका दलले अहङ्कार राख्न नहुने र वस्तुनिष्ठ भएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

मनोनयन दर्ताका क्रममा पार्टीबाट ३५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको जनाइएको छ । पार्टीबाट एकल उम्मेदवारी परेसँगै पार्टीका तर्फबाट दुई गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, छ वडाध्यक्ष र २६ सदस्य निर्विरोध निर्वाचित भएको जानकारी दिइयो ।

Tags :
प्रतिक्रिया दिनुहोस