युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ


१६ बैशाख २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

प्रहरी परिसर, काठमाडौँको टोलीले भक्तपुरका सञ्जन ओली, नीरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागू औषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरी बताउँछ ।

थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस