ओलीले भने : चुनाव आयो कि मिटू ! « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ओलीले भने : चुनाव आयो कि मिटू !


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटू आरोपमा काठमाडौँ महानगरपालिकाका मेयर केशव स्थापितको बचाउ गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा ओली र एमालेका मेयरका उम्मेदवार स्थापित सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावका बेला मात्र मिटूको मुद्दा उठाइएको बताए ।

उनले भने, ‘मिटू १ मिटूको के जवाफ हुन्छ ? चुनाव आयो कि मिटू । हामी यस्ता कुराहरूमा होइन, महान् उद्देश्यमा अघि बढेका छौँ ।

ओलीले महिला अधिकार, अस्मिता र सुरक्षाको सम्मानमा एमाले जति सजग अरू कोही नभएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस