नाम्खा-६ मा वडाध्यक्षसहित सबै निर्विरोध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नाम्खा-६ मा वडाध्यक्षसहित सबै निर्विरोध


१३ बैशाख २०७९, मंगलबार


हुम्ला । नाम्खा गाउँपालिका–६ को वडाध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परसँगै सबै निर्विरोध निर्वाचित भएका छन्

निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा पाल्जोर तामाङको एकल उम्मेदवारी परेको थियो ।

वडा सदस्यमा हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाँङ गाउँबाट महिला सदस्य पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामाको मात्रै एकल उम्मेदवारी परेको थियो । गत ३० मंसिरमा लिमेली जनताले पाल्जोर तामाङलाई अध्यक्षमा दोहोर्‍याउने निर्णयसहित वडा सदस्यहरु पनि सोही दिन टुंगो लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस